Enjoy the Flowers Enjoy the Flowers Enjoy the Flowers Enjoy the Flowers Enjoy the Flowers Enjoy the Flowers

नेपालमा महिला वेचविखन समस्या
मानव सभ्यताको विकाससँगै नारी र पुरुषलाई उत्तिकै महत्व दिएता पनि यो कुरा व्यवहारमा भने लागु भएको छैन्। भनिन्छ नारी र पुरुष एक अर्कामा परिपूरक हुन्। यि एउटै सिक्काका दुई पाटा हुन् वा भनौ एउटै रथका दुई पाङग्राहरु हुन्। यदि यि दुईमध्ये एक नभए जीवनको रथ चल्न सक्दैन। तर यहि समाजमा पुरुषभन्दा नारीहरु हरेकतर्फ चाहे शिक्षा होस् वा स्वास्थ्य, चाहे रोजगारी होस वा पेशा सबै ठाउँमा पछाडि पर्नु र शोषित भईरहनु परेको हामी पाउँछौं। नेपाली नारीहरु सानैदेखि समाजको कुसंस्कार, कुरिती, अन्धपरम्परा र संकिर्ण विचारले भनौ वा सामाजिक विवशता, बाध्यताले गर्दा भनौ हरेक नारीले आफ्नो इच्छा र आकांक्षालाई तिलाञ्जली दिनुपर्ने हुन्छ जसले नारीहरुको स्वतन्त्र इच्छा र आकाक्षालाई दबाई उनीहरुलाई प्रताडित गरिरहेको हुन्छ।
हरेक युगमा नारीहरुलाई पुरुषहरुले आफ्नो मुनि राख्ने गरेका छन्, न त यो चलन कसैले रोक्ने नै प्रयास गरेको छ। के यहि हो नारीको परिचय? जसलाई कसैले पनि सजिलै मोल लगाईदिन्छ।
आजको जस्तो वैज्ञानिक युग, जहाँ नारीहरु पनि चन्द्रमामा पुगीसके, जहाँ नारीहरु सगरमाथाको शिखरमा पाईला टेकी सके यहि युगमा विश्वका कतिपय समस्याहरु मध्ये चेलीवेटी बेचबिखन एउटा गम्भीर समस्या बनेको छ। जुन अपराध हाम्रो राष्ट्र, समाज र मुलुकमा हुँदै आईरहेको छ। महिला वर्गमाथि हुने र गरिने यो अन्याय, अत्याचार र दमन हाम्रो देशमा मात्र सीमित नभई देशका अन्य मुलुकहरुमा पनि हुँदै आइरहेको छ। चेलीवेटी बेचविखनका अतिरिक्त र वेश्यावृतिलाई एउटा जघन्य अपराध मान्ने गरिन्छ। यस्तो काम गरे वापत विभिन्न सजाय, दण्ड, दिइने गरेको पनि छ। तापनि यस्तो विकृति वृद्धि हुनुको मुख्य कारण गरिबी, चेतनाको कमी, अशिक्षा, कुसंस्कार, कुरिती, रुढिवादी र अन्धपरम्परा हुन्। जसले चेलीवेटी वेचविखन कार्यलाई अझ बढावा दिईरहेको छ।
हाम्रो देश अधिकांश ग्रामीण भू-भागले ओगटेको छ। त्यसैले यहाँ बढीरुपमा मानिसहरु अशिक्षा र गरिबीको चपेटामा परेका छन्। यही कारणले गर्दा मानिसहरु आफ्नो बेरोजगारी र आर्थिक स्थितिलाई सुधार्ने सपना बोकि हरेक वर्ष गाउँबाट शहरतिर हजारौंको संख्यामा मानिसहरु आउने गर्दछन्। यसै क्रममा गाउँका सिधा, साधा र सोझा बालिकाहरुलाई र गरीब महिलाहरुलाई विदेश घुमाउने सपना, मिठो खाने, राम्रो लगाउने चाहना, आरामदायिक जीवन बिताउने रहर, विवाहको झुठो प्रलोभन र रोजगारीको आश्वासन दिलाएर झुक्याई, फकाई, फुल्याई नेपाली चेलीवेटीहरुलाई भारत लगायत विभिन्न ठाउँहरुमा खोलिएका वेश्यालयहरुमा र कोठिहरुमा बेचिदिन्छन्। जहाँ उनीहरुको इज्जतलाई दिनरात लुट्नुको साथै उनीहरुको शरीरमाथि उनीहरुको कुनै अधिकार नरही किन्नेको इशारामा चल्नुपर्ने बाध्यता, विवशता र नारकीय जीवनमा जिउँदो लाशसरि बाच्नु परेको छ।
नेपाल र नेपाली समाजमा चेलीवेटी वेचविखन तस्करी र देहव्यापार गर्ने प्रथा राष्ट्रिय समस्या बनेको छ भने महिलाहरु दलालको शिकार भई विदेशमा बेचिनु जघन्य अपराध बनेको छ। जसले समयसंगै झन-झन भयङ्कर रुप धारण गर्दै गइरहेको छ। यसरी चेलीवेटी वेचविखन दिनानुदिन डरलाग्दो र भयानक हुँदै गएको छ। जसले हाम्रो समाज, राष्ट्र र स्वयम हामीलाई पनि नराम्रो प्रभाव पारिरहेको छ। यसरी विदेशि मुलुकमा वेचिएका चेलीहरुमाथि गरिने मानसिक र शारीरिक शोषणबाट ग्रस्तहुनुका साथै नेपाली चेलीहरु एड्सजस्तो प्राणघातक रोगको शिकार भई स्वदेश फर्कन र मुत्यूलाई पर्खन बध्य भएका छन्। जसको कारणले गर्दा उनीहरु समाज र घरपरिवारबाट बहिष्कृत हुनुको साथै समाजमा घृणित र कलंकित भएका छन्। जसले दिन प्रतिदिन झन-झन डरलाग्दो रुप लिई विश्वव्यापि रुपमा खतरा र समस्या बढाईरहेको छ।
सवैले वुझेको कुरा हो कि कुनै पनि समस्या आफैले सिर्जना हुने होइन्। समस्या समयक्रममा सिर्जना हुन्छ। जसले एक व्यक्ति, एक समाजलाई मात्र नभएर सिङ्गो देश र राष्ट्रलाई आफ्नो भुमरीको जालमा फसाउँछ। हाम्रो देशमा चेलीवेटी बेचविखन एउटा अपराध भएपनि यसलाई रोक्न सकेको छैन्। जसले हाम्रो समाज, राष्ट्र र स्वयम हामीमाथि पनि नराम्रो प्रभाव पारिरहेको छ। जुन नेपालमा मात्र सीमित भएर अन्तराष्ट्रिय रुपमा एउटा ठूलो समस्याको रुपमा फैलिदै गइरहेको छ। मुख्यतया चेलीवेटी बेचविखन नारीवर्गको अस्तित्व र जीवनमाथि पुरुषवर्गले मात्र नभई नारीहरुले पनि खेलवाड गर्ने गर्दछन्। जुन दलालहरुको लागि एउटा पेशागत व्यापार हो, जसमा कुनै पनि लगानी बिना नै मुनाफा आर्जन गर्न सकिन्छ। नारीहरुलाई कुनै बजारमा बेच्न राखेको खेलौना वा पशु झै बेचबिखन गर्नु आफ्नो स्वार्थ र फाइदाको लागि उनीहरुको जिन्दगीको बलि चढाउनु र यसलाई नाफा कमाउने व्यवसाय बनाउनुमा मुख्य दलालहरुको हात हुन्छ। जुन दलाल समाजमा आम नागरिकबीच इमान्दारी र निष्पक्षताको घुम्टो ओढिबसेका हुन्छ। जसलाई सोझा, सिधा, निमुखा गरीव महिलाहरुले चिन्न सक्दैनन्। त्यसै गरि देहव्यापार व्यवसायलाई अघि बढ्न दिनु दलालहरुलाई थप अवसर दिनुमा आर्थिक पक्षको पनि हात रहेको हुन्छ। जसको मुख्य कारण अशिक्षा, आर्थिक विपन्नता र चेतनाको कमी हो। जसको कारणले गर्दा हरेक विकासोन्मुख राष्ट्रका गाउँहरुमा महिलाहरु नै भेटी चढिरहेका छन्।
कतिपय ठाउँहरुमा आफ्नै आमा, बुबा, दाजु-भाई, लोग्ने, काका, मामा, भिनाजु, देवर नातेदारहरुले पैसाको कारणले वा आफ्नो स्वार्थको कारणले गर्दा आफ्नै दिदी वहिनी वा छोरीहरुलाई दलालहरुलाई बेच्ने गरेको पाइन्छ। कतिपय स्थानहरुमा महिलाहरुको आफ्नै कमजोरी जस्तो प्रेमको जालमा फस्नु, विवाहको सपना देख्नु, विदेश घुम्न रहर गर्नु र रोजगारीको आशा गर्नु आदि जस्ता विभिन्न प्रलोभनमा आएर सजिलै कसैको विश्वास गर्नु पनि चेलीवेटी वेचविखनको मुख्य कारण बनेको छ। त्यसैगरि आर्थिक, पारिवारिक र गरिबीकै कारणले गर्दा महिलाहरु स्वयम पनि देहव्यापार तर्फ लागेका छन्। त्यसैगरि हाम्रो समाजमा सिर्जिएको कुरिती, कुसंस्कार, अन्धपरम्परा, अन्धविश्वास र रुढिवादिले पनि चेलीवेटी बेचविखनलाई तीव्र रुपमा बढाएको छ। जस्तै हाम्रो समाज पितृसतात्मक समाज हो। यहाँ पुरुष र महिलालाई हेर्ने दृष्टिकोण अत्यन्त फरक छ। यहाँ पुरुष र महिलामा भेदभाव गरिन्छ।
जसले गर्दा पुरुषको दाँजोमा महिला सधै पीछडिएको छ। अर्को कुरा हिन्दू दर्शनको अपव्याख्याबाट प्रभावित अन्ध विश्वास र अन्धपरम्परामा बाचेका नेपाली समाजमा छोरा नभए वंश नचल्ने धारणा छोरा नभए पितृहरुको उद्धार नहुने र छोरानै होस् भन्ने कामनामा छोरोका चाह राखि यहाँ धेरै छोरिहरु जन्मन्छन् र पछि छोरिहरुलाई विना सोची(सम्झी अर्काको नासो गलाको पासो वा बोझ सम्झी वालविवाह गरिदिने, विना सोचि(सम्झी पैसाको लालशामा जागिरको नाममा विदेश पठाईदिने वा सिधै दलालहरुलाई पैसामा बेचिदिने प्रचलन बढ्दै गएकाले पनि देहव्यापारले अझबढी विकराल रुप लिईरहेको छ। नेपालमा प्रायजसो सबै जिल्लाहरुमा प्रत्येक वर्ष धेरै वा थोरै रुपमा नेपाली नारीहरुलाई भारतीय कोठीहरु लगायत साउदी अरब, सिंगापुर, अमेरिका, हङकङ कुवेत जस्ता देशहरुमा देहव्यापारका लागि बेचिन्छ। चेलीवेटी वेचविखनले आफ्नो फन्दामा विशेषगरी सीमा नजिकको क्षेत्र, सुकुम्वासी क्षेत्र, ग्रामीण क्षेत्र लगायत शहरी क्षेत्रलाई पनि आफ्नो कब्जामा लिइसकेको छ। यो ब्यापार शुरु शुरुमा लुकिछिपि गर्ने गरिन्थ्यो भने अहिले आएर कतिपय ठाउँहरु जस्तै ठमेल, नयाँ वानेश्वर लगायत वसुन्धरा, चावहिलतर्फ यस्तो व्यापारलाई डान्स क्लब वा बारको नाममा सञ्चालन गर्ने पनि गरेको पाइन्छ। जसले हामीलाई बदनाम गरेको छ र जसले हाम्रो राष्ट्र माथि ठूलो दाग लगाएको छ। जसलाई हाम्रो देशको कानुन र सरकारले हटाउन सकिरहेको छैन।
सर्व स्वीकार्य कुरा हो कि चेलीवेटी बेचविखन एक अपराध हो। यस किसिमको क्रियाकलापबाट हामीले यो गर्न नहुने काम भन्ने बुझ्नु पर्दछ। चेलीवेटी बेचविखन गर्नाले चेलीहरुको जीवन बर्बाद हुने र उनीहरुले आफ्नो जीवनमा केही पनि काम गर्न नसक्ने हुन सक्छन्। उनीहरु समाजमा आफ्नो शिर उठाएर हिड्न पनि सक्दैनन्। उनीहरुले आफ्नो शरिरको सुरक्षा आफै गर्न सक्नु पर्दछ। यदि गाउँघरका महिलाहरु शिक्षित भएका भए त्यस्तो अवस्था नै आउने थिएन। उनीहरुले धेरै किसिमका ज्ञान आर्जन गर्न सक्छन्। यसबाट उनीहरु शिक्षित चेलीबेटी बेचवखनका बारेमा पनि जान्ने अवसर प्रदान हुन्छ। चेलीबेटी बेचविखन गर्ने काम एक अपराध मानिएको देशमा पनि धेरै मात्रामा यस्तो घटना भएको पाइन्छ। यस कार्यबाट दलाल र मालिकलाई बढि मात्रामा पैसा आउने हुनाले यो कार्य फस्टाएको पाइन्छ। चेलीहरुलाई पहिला मन पारउने विवाह गर्ने र घुम्न लगि कोठीमा वा बम्बैमा लगि बेच्ने कार्य व्यापक रुपमा भएको छ। यो कार्य रोक्नको लागि सीमानाहरुमा पुलिसहरु त बसेका हुन्छन् तर उनीहरुले पनि त्यति वास्ता गर्दैनन् र दलाललाई पनि फाइदा हन्छ र अर्को शहरमा त्यस चेलीलाई पुर्या उँछ त्यस दलालहरु सफल हुन्छन्।
चेलीवेटी बेचविखनबाट सचेत रहन धेरै कुरामा ध्यान दिनुपर्छ। यस कार्यबाट बच्न त महिलाहरु अझ सतर्क रहनु पर्दछ। उनीहरुले शैक्षिक ज्ञान लिनुका साथै वाहिरी विषयवस्तुको पनि अध्ययन गर्ने गर्नु पर्दछ। जसबाट उनीहरुलाई धेरै कुराको ज्ञान हुन्छ। महिलाहरुले गाउँमा नयाँ-नयाँ मान्छे आए वा पुराना मान्छेमा पनि त्यति विश्वास गर्नु हुँदैन। खासगरी महिला मुक्ति आन्दोलनमा अग्रसर संघ संस्था र पार्टीहरुले यसतफै आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने भएको छ।


hit countersTimes Visit