Navigation


RSS: articles / comments



This is best article नेपालामाअ महिला वेचविखन समस्या

2007-01-01 @ 00:01, Category, My name, Comments

मानब सभ्यताको विकाससँगै नारी र पुरुषलाई उत्तिकै महत्व दिएता पनि यो कुरा व्यवहारमा भने लागु भएको छैन्। भनिन्छ नारी र पुरुष एक अर्कामा परिपूरक हुन्। यि एउटै सिक्काका दुई पाटा हुन् वा भनौ एउटै रथका दुई पाङग्राहरु हुन्। यदि यि दुईमध्ये एक नभए जीवनको रथ चल्न सक्दैन। तर यहि समाजमा पुरुषभन्दा नारीहरु हरेकतर्फ चाहे शिक्षा होस् वा स्वास्थ्य, चाहे रोजगारी होस वा पेशा सबै ठाउँमा पछाडि पर्नु र शोषित भईरहनु परेको हामी पाउँछौं। नेपाली नारीहरु सानैदेखि समाजको कुसंस्कार,कुरिती, अन्धपरम्परा र संकिर्ण विचारले भनौ वा सामाजिक विवशता, बाध्यताले गर्दा भनौ हरेक नारीले आफ्नो इच्छा र आकांक्षालाई तिलाञ्जली दिनुपर्ने हुन्छ जसले नारीहरुको स्वतन्त्र इच्छा र आकाक्षालाई दबाई उनीहरुलाई प्रताडित गरिरहेको हुन्छ।

Continue


अन्तिम प्रश्न ! (कथा जीन्दगीको )

2007-01-01 @ 00:01, Category, My name, Comments

आमा म रात्री भोज मा गए ,त्यति खेर तिमीले दिएको साबधानी मलाई संझना थियो । तिमीले मलाई रक्सी नखाउ भन्यौ, त्यसैले आमा मैले सोडा, केवल सोडा पिए । म आफै मा खुशी भए, किनकी मैले तिम्रो बाचा पुरा गरे । मैले पिएर गाडि चलाईन जबकी सबै साथी हरु मलाई पिउन को लागी जोड गरेका थिए । मलाई थाह छ , मैले सहि निर्णय लिएको थिए । आमा मलाई थाह थियो , तिमी मलाई जे भन्छौं मेरै भलो को लागी त भन्छ्यौं । अब रात्री भोजको लगभग अन्त्य भयो र सबैजना आ- आफ्नो घरतिर जान लागे । म पनि प्रफुल्ल मुद्रा मा घर जानको लागी मेरो गाडीमा बसे किनकी मलाई तिमीले हरेक समय प्रफुल्ल हुन सिकाएकी थियौं ।मैले गाडि चलाउन के सुरु गरेको थिए , म बाटो बाट बाहिरिए । अर्को गाडिले मलाई देखेनछ क्यारे , मेरो गाडिमाथी पहाड खसेसरी बजारियो, त्यो गाडि । म त बाटो को किनारमा उछिट्टिएछु अनि बिस्तारै पुलिस को आवाज सुन्छु, बेहोसिमा, पुलिस अगाडि भन्छ , त्यो अर्को मान्छे ले रक्सी पिएको थियो । आमा ऐले मैले त्यस्को भुक्तानि तिर्दैछु ।

Continue


हाम्रो र राम्रो प्रेम दिवस भ्यालेन्टाइन डे

2007-01-01 @ 00:01, Category, My name, Comments

प्रत्येक फेब्रुवरी १४ गते विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइने गरिएको छ । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे । निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई.पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । आज विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ । from gorkhaptra

Continue


श्राद्धको परिचय

2007-01-01 @ 00:01, Category, My name, Comments

मनुष्य कुनै न कुनै धर्मका प्रति आस्थावान भए बिना रहन सक्दैन , जुन सुकै धर्ममान्ने व्यक्ति किन न होस् उसको आफ्नै पहिचान हुन्छ | सनातन धर्मले सबैलाई आफ्नो इच्छनुसारको इष्ट मान्ने अधिकार दिन्छ त्यो इष्ट भगवान,देवि, देवता,गड ,बुद्ध , इसा मसिह , अल्लाह ,आदि जुनसुकै नामको हुन सक्छ ,त्यहि आफ्नो इष्टलाई रिझाउने तरिकालाई नै हामी बिभिन्न धर्मको नाम दिन्छौ |सँसारको सबैभन्दा प्राचिन धर्म भनेको नै हामीले मान्ने हिन्दु धर्म हो |यसको आफ्नै खाले अस्तित्व र पहिचान छ | यसका अनुयायीहरु सँसारभरिनै छरिएर रहेका छन् |हिन्दु धर्मका आराध्यहरु मुख्य गरेर तीन प्रकारका छन् |देवता,ऋषि र पितृ | पूजा,पाठ र यज्ञको माध्यमबाट देवतालाई रिझाईन्छ | तर्पण , स्वाध्याय , वेदाध्ययन आदिको माध्यमबाट ऋषिलाई रिझाईन्छ भने - श्राद्ध, पिण्डदान, तर्पण ब्राह्मण भोजन आदिको माध्यमबाट पितृलाई रिझाईन्छ | हिन्दु परम्परा अनुस�����र आश्विन कृष्ण प्रतिप्रदादेखि औंसीसम्म कायम रहने पितृपक्षमा आफ्ना दिवंगत पितृको तिथिमा श्राद्ध, पिण्डदान तथा तर्पणादि कार्य गरिने हुनाले हाम्रो हिन्दु समाजमा सोह्र श्राद्धको विशेष महत्व छ। चाडपर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको पुजा गर्ने हिन्दु परम्परा अनुसार बडा दशै र तिहार जस्ता महान चाड भन्दा पहिले पर्ने सोह्र श्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्त शुद्धि गराउँछ भन्ने मान्यता छ।

Continue